देशभर १० लाखभन्दा बढीलाई लगाइयो एचपीभी खोप

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १८:४२
file-photo

काठमाडौं । देशभर १० लाखभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ ।

सरकारले देशभर संचालन गरेको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढी किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

खोप शाखाका अनुसार, अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको छ । उक्त अभियान फागुन ६ गतेसम्म जारी रहने छ ।

देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।