दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतोको मृत्यु भएको हो ।
बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ५५०३ नं.को मोटरसाइकल गएराति रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर पडाइएको उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।