प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार ०८:२९

धनगढी । धनगढीको ट्राफिक चौराहमा गएराति डिउटी खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।

राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो ।

प्रहरी स्रोतका अनुसार, डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।