नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार ०९:३०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाकिसम्म २ अर्ब ६३ करोड रुपैयाँ नाफा भएको छ ।

टेलिकमको वित्तीय विवरण अनुसार सो अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष १७ अर्ब २४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको अहिले घटेर १७ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । उक्त आम्दानी १ दशमलव ४६ प्रतिशतले घटेको हो ।

यता, कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँ अर्थात ३६ प्रतिशतले घटेको हो ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।