आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार राती करिब साढे ९ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा गिरीको मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।