जुम्लामा फेरी भूकम्प गयो

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १६:२२

काठमाडौं । जुम्लामा बुधबार फेरी भूकम्प गएको छ । जिल्लामा आजै मात्रै दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४ दशमलव १ म्याग्निच्युड रहेको थियो ।

यस्तै, यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।