सेयर बजारमा सामान्य वृद्धि, पौने ९ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १६:२८
file-photo

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।

बुधबार बजार परिसूचक नेप्से १ दशमलव ८६ अंकले बढेर २ हजार ६८५ दशमलव ७३ विन्दुमा पुगेको हो ।

आज बजारमा पौने ९ अर्ब बराबरको कारोबार भएको छ । आज करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रह्यो ।