क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन भोलि
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
मकवानपुर । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को भोलि फागुन २ गते हुने भएको छ । संस्थाको आठौं जिल्ला अधिवेशन पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा हुने भएको हो ।
निर्माण सम्बद्ध क्षेत्र तथा पर्यावरण क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरु संगठीत मकवानपुर क्युपेकको अधिवेशनमा बागमतीका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेमभक्त महर्जनको प्रमुख अतिथ्यता र क्यूपेक नेपालका केन्द्रीय अध्यक्षको विशेष आतिथ्यता रहने संस्थाका अध्यक्ष प्रह्लाद राईले जानकारी दिए ।
सो अधिवेशनले विर्वाचनद्वारा आगामी ३ वर्षका लागि १९ जना सदस्यीय नँया कार्यसमिति चयन गर्नेछ । जिल्लामा क्युपेकमा १ सय ७५ जना प्रतिनिधि र ३ हजार ५ सय साधारण सदस्यहरु आवद्ध छन् भने देशभर १ लाख ८७ हजार ७ सय १७ जना सदस्य आवद्ध रहेका छन् ।
मकवानपुरमा क्युपेकको स्थापना २०६० सालमा स्थापना भएको हो ।