नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Baburam-bhattrai.jpg)
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी भएका छन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्ष पदमा विजयी भएका हुन् ।औपचारिक घोषणा भने केही बेरमा हुने जनाइएको छ ।
त्यसको लागि नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेश गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।