भैँसीले हान्दा एक जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा आज बिहान भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय गोपाल घर्ती रहेका छन् । घाँस हाल्न गएका उनको भैँसीले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।