नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/arrest.jpg)
काठमाडौं । नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन् ।
उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आयुषलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न बाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।