नारायणी डेभलमेन्ट बैंकद्वारा सर्वसाधारणको लागि शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले सार्वसाधारणको लागि शेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारणले मात्रै किन्न पाउने गरी १०० कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । बाँकी रहेको उक्त शेयर अब सर्वसाधरणलाई बेच्न लागिएको हो ।
यो शेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने जनाइएको छ ।