युवकद्वारा आफ्नै आमाको हत्या
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/hatya-e1620443419903.jpg)
बुटवल । रुपन्देहीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको खुल्न आएको छ ।
इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्थानीय बासिन्दाका अनुसार, सरोज मानसिक रोगीसमेत रहेको र धेरै पहिलेदेखि दुव्र्यसनमा संलग्न रहेको बुझिइएको छ । प्रहरीले घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।