आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेको छ ।
गत साताको अन्तिम दिन बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज बढेर १९ दशमलव ५६ अंकले बढेर २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ ।
यसदिन ३०९ कम्पनीको २ करोड ९ लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबार ७ अर्ब ९२ करोडको शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।