राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिका जरुरी छः मन्त्री लामिछाने

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १०:१२

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले देशमा राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिका जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकता कायम गर्न सञ्चार क्षेत्रको भूमिकामा हुनुपर्ने बताएका हुन् ।

मन्त्री लामिछानेले राज्य संयन्त्रलाई सञ्चारक्षेत्रले निरन्तर खबरदारी गरिरहनुपर्ने बताए । मन्त्री लामिछानेले राससले पहिलो खबर भन्दा पनि सही खबर दिने नीतिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

पछिल्लो समय एआईले विकृति ल्याएको भन्दै त्यसतर्फ पनि सचेत रहन उनले अनुरोध गरे ।

कार्यक्रममा राससका बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माले राससले उपलब्ध गराउँदै आएको सेवा बारे प्रकाश पारेका थिए ।