कातिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १५:१५

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुन प्रतितोला १ हजार एक सय रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।