३.१४ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८१ फाल्गुन ८,बिहीबार १५:५८
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यस दिन सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंकले बढेको छ ।

सो वृद्धि भएसँगै नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ ।

आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएको थियो ।

८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो ।