संसदमा प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधब सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै राजीनामा दिन माग गरेका हुन् ।
यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । उनले सरकार सुशासनका पक्षमा छैन भन्ने पनि यो घटनाले पुष्टि गरेको सापकोटाको भनाई छ ।