सरकारद्वारा ७८ सहसचिवको सरुवा, हेटौंडा उपमहानगरपालिकामा गौतम

तु खबर संवाददाता
२०८१ फाल्गुन १५,बिहीबार २१:१८
file-photo

काठमाडौं । नेपाल सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेको हो ।

संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला मन्त्रालयका युवराज अधिकारीको मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको कामकाज तोकिएको छ ।

भविश्वर पाण्डे गृह मन्त्रालयमा सरुवा भएका छन् भने चन्द्रबहादुर सिवाकोटीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा सरुवा भएको छ ।

सरकारले हेटौंडा उपमहागरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भरत गौतमलाई सरुवा गरेको छ ।