प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव हुँदै

तु खबर संवाददाता
२०८१ फाल्गुन १६,शुक्रबार २०:१५

मकवानपुर । मनहरीमा मनहारी खेलकुद महोत्सब २०८१ हुने भएको छ ।

बिहिबार खेलकुद बिकास समिति मनहरीले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारे जानकारी दिएको हो । महोत्सव यही फागुन २१ देखि चैत्र ४ गते सम्म हुने आयोजकले जानकारी दिएको छ ।

खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाले दिएको जानकारी अनुसार, महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, र ब्याडमिन्टन लगाएतका विभिन्न खेलहरु हुनेछ । जसमा फुटबल अन्तर्गत अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१, उपाध्यक्ष भलिबल प्रतियोगिता २०८१, टि १० फर्म्याट क्रिकेट प्रतियोगिता, ब्याडमिन्टन र एथलेटिक्स तर्फ १०० मिटर र २०० मिटर डौड रहने छ ।

त्यस्तै, फुटबल तर्फ बिजेता र उपबिजेताले क्रमश नगद एक लाख र पचास हजार रुपैयाँ , उपाध्यक्ष भलिबल तर्फ बिजेता र उपबिजेताले क्रमशः नगद पचास हजार रुपैयाँ र तीस हजार रुपैयाँ , क्रिकेट तर्फ बिजेता र उपबिजेताले क्रमशः तीस हजार रुपैयाँ र बीस हजार रुपैयाँ , ब्याडमिन्टन बिजेता र उपबिजेताले क्रमशः तीस हजार रुपैयाँ र बीस हजार रुपैयाँ , एथलेटिक्स तर्फ २०० मिटर खुल्ला दौड बिजेता र उपबिजेताले क्रमशः पन्ध्र हजार रुपैयाँ र सात हजार पाँच सय रुपैयाँ त्यस्तै १०० मिटर खुल्ला दौडको बिजेता र उपबिजेताले क्रमशः दश हजार रुपैयाँ र पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद विकास समिति मनहरीका सदस्य चन्द्र स्याङतानले जनकारी दिए ।

हरेक बिधामा मनहरी गाउँपालिकाको वडा भित्रका खेलाडी मात्र समाबेस हुन पाउने आयोजकको भनाइ छ । खेलकुद तथा व्यापार महोत्सव दुई सय भन्दाबढी व्यापारिक स्टल रहने र महोत्सवमा एक लाख भन्दा बढीले अबलोकन गर्ने अपेक्षा गरिएकोछ ।

महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।