उच्च अदालत वार हेटौंडाको आज मतदान : अध्यक्षमा भट्ट र भट्टराई


हेटौंडा । उच्च अदालत वार हेटौंडाको निर्वाचन आज हुँदैछ । आज हुने निर्वाचनले वारको अध्यक्ष,सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचित गर्नेछ । यसअघि उपाध्यक्ष, एक महिला सदस्य र पार्षद्हरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्ष पदमा हरिप्रसाद भट्ट र मनप्रसाद भट्टराईको उम्मेदवारी दर्ता भएको छ । सचिवमा सुवासचन्द्र अधिकारी र सुजन तिमल्सिना, सहसचिवमा पम्पा पुरी र ज्योति घिमिरे, कोषाध्यक्षमा मोहनप्रसाद ढकाल र रिमा प्याकेरेल प्रतिस्पर्धामा छन् । त्यसैगरी, सदस्यहरुमा हरिहर खतिवडा, ध्रुव सिंह बिष्ट, दिपेन्द्र बानियाँ, चुडाप्रसाद उप्रेती, गणेश अधिकारी, राजु गौतम, देवराज तिमल्सिना, एक नारायण शर्मा र केशवप्रसाद अर्याल प्रतिस्पर्धामा छन् ।
यस अघि उपाध्यक्षमा रामकृष्ण देउला, महिला सदस्यमा निशा क्षेत्री तथा पार्षद्हरुमा कृष्णप्रसाद अर्यालय, केशव प्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दाहाल निर्विरोध निर्वाचित भइसकेका छन् । उच्च वार हेटौंडामा ७५ जना सदस्य रहेका छन् ।