बेलायतमा नेपाली विद्यार्थी ठगिएको विषयमा दुतावास चिन्तित

तु खबर संवाददाता
२०८१ फाल्गुन २५,आईतवार १२:३०

लण्डन । लण्डनस्थित नेपाली राजदुतावासले त्यहाँ नेपालीहरु ठगिएको विषयमा चिन्ता व्यक्त गरेको छ । अध्ययनका लागि युके जाने विद्यार्थीहरुलाई प्रयाप्त जानकारी लिएर मात्र आउन विज्ञप्तीमार्फत् नेपाली राजदुतावासले आग्रह गरेको हो ।
उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु ठगिएको विषयमा प्रकासित सूचनाहरुप्रति दुतावासको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ ।

विश्व विद्यालय र कलेजहरुमा सहजीकरण गरिदिने आश्वासन देखाई नेपाली विद्यार्थीलाई ठगी भइरहेको विषय निन्दनीय छ, दुतावासले भनेको छ । विद्यार्थीहरुले पनि आफू अध्ययनका लागि आउन लागेको विश्व विद्यालय तथा कलेजहरु आफैमा मान्यता प्राप्त हुन् वा होइनन, अध्ययनका लागि लाग्ने शुल्क र भर्ना प्रकृयाका बारेमा बुझ्न भनेको छ ।