प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

२०८१ फाल्गुन ३०,शुक्रबार २०:२५

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आज शुक्रबारदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको छ ।
यसअघि सरकारले प्रधिकरणको अध्यक्ष नयुक्त गरेको थियो । शरद ओझालाई अध्यक्ष नियुक्त गरेको विषय उनको योग्यताको विषयलाई लिएर विवादित भएको थियो । योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्ष नियुक्त गरिएको समाचारहरु सार्वजनिक भएको छ ।