नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम सर्टलिस्ट

तु खबर संवाददाता
२०८१ चैत्र २,आईतवार १६:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्टको सूचीमा समावेश भएका छन्।

सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्।

साथै उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ। अन्तर्वार्ता बिहान ७ बजेदेखि नै शुरू हुने समितिले जनाएको छ।