मकवानपुर क्याम्पस स्ववियु निर्वाचन : पुष्कर घिमिरेद्वारा प्रशिद्ध रेग्मीको प्यानललाई समर्थन

तु खबर संवाददाता
२०८१ चैत्र ३,सोमबार १९:४४

हेटौंडा । भोलि हुने स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पस सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

केही बेर अघि पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भोलिको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार प्रशिद्ध  रेग्मी र उनको प्यानललाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

मेरो स्वतन्त्र उम्मेदवारी रहेकोमा सो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु, अब प्रशिद्ध रेग्मीको प्यानललाई सहयोग गर्न सबै विद्यार्थी साथीहरुमा अपिल गर्दछु, उनले तु खबरसँग भने ।

अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र एकीकृत समाजवादी निकट अनेरास्ववियूका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार छोइसाङ लामा र अनेरास्ववियु तथा नेविसंघ प्यानलबाट सभापतिका उम्मेदवार प्रशिद्ध रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।