रोहिङ्ग्या शरणार्थीका लागि एक अर्ब अमेरिकी डलर माग

तु खबर संवाददाता
२०८१ चैत्र १०,सोमबार २१:२९
तस्बिर : गिरिजा अधिकारी, तु खबर

संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थीका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघ र साझेदारले सहयोग माग गरिरहेको जनाएको हो ।

संयुक्त राष्ट्रसंघ र साझेदारहरुले रोहिङ्ग्या संकटका लागि संयुक्त प्रतिकार्य योजना सुरु गर्दै करिव १४ लाख ८० हजार मानिससम्म पुग्न पहिलो वर्षका लागि ९३ करोड ४५ लाख माग गरिएको छ ।

सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका बङ्गलादेशका करिब १० लाख मुस्लिम र अधिकांश मुस्लिम अल्पसङ्ख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन् ।

खाद्य सहायता, खाना पकाउने इन्धन वा आधारभूत आवासमा कटौती लगायतका महत्वपूर्ण क्षेत्रमा कुनै पनि कोषको कमीले यस अति जोखिममा रहेको जनसंख्याका लागि गम्भीर परिणाम निम्त्याउने छ

संयुक्त राष्ट्रसङ्घले शिविरमा रहेका शरणार्थी जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिला र किशोरी रहेको र उनीहरु लैङ्गिक हिंसा र शोषणको उच्च जोखिममा रहेको समेत जनाएको छ ।