प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त, लिए सपथ

काठमाडौँ / मन्त्रिपरिषद्को निर्णयपछि ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शाक्यलाई मंगलवार नियुक्तिसँगै पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सो क्रममा मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरुसँग प्राधिकरणले लिनु पर्ने बक्यौता तत्काल असुल गर्ने प्रकृया अघि बढाउन निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए।
सपथग्रहरणपछि नव नियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
यस अघि सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । मन्त्री दीपक खड्काले कुलमानलाई बारम्बार स्पष्टिकरण सोधेका थिए । कुलमानले बुझाएको स्पष्टिकरण चित्त नबुझेको भन्दै उनलाई बर्खास्त गर्न मन्त्री खड्काले क्याबिनेटमा प्रस्ताव लगेका थिए ।