प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । सो बैठक आज दिउँसो २ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।
त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको हो । विपक्षी दलहरुले कुलमान घिसिङलाई बर्खास्त गरेकोमा सरकारको आलोचना गर्दै संसद बैठक चल्न दिएको छैन । हिजो उर्जामन्त्री दीपक खड्काले संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।