समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज

तु खबर संवाददाता
२०८१ चैत्र १४,शुक्रबार १२:२२
तस्बिर : तु खबर

काठमाडौँ । समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज हुँदैछ ।

शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा ९नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा० ले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका छन् । जनता निरास भएको, राष्ट्रियता खतारामा परेको भन्दै राजतन्त्रको पुर्नस्थापनाका लागि राजावादीहरुको पनि प्रदर्शन आजै राखिएको छ । तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

राजावादीतर्फको प्रदर्शनको नेतृत्व नवराज सुवेदीले गर्दैछन् भने सो प्रदर्शनमा दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि सहभागी छ । सोही प्रदर्शनमा राप्रपालगायत दल तथा समूहहरु आबद्ध छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

समाजवादी मोर्चामा आवद्ध चार जना शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने तय भएको हो । दुबै तर्फको प्रदर्शनका कारण राजधानीको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । संभावित झडपलाई रोक्न र नागरिकको सुरक्षालाई मध्यनजर गर्दै व्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो ।