दुर्गा प्रसाईंद्वारा भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण, नेपाल प्रहरीले भन्यो– खोजी हुँदैछ

तु खबर संवाददाता
२०८१ चैत्र २८,शुक्रबार ०८:२८
file-photo

काठमाडौं । मेडिकल व्यवसायी एवम् चैत १५ गते भएको राजावादी प्रदर्शनमा नेतृत्व गरेका  दुर्गा प्रसाई पक्राउ परेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।

‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।

हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।

प्रसाईं पक्राउ बारे नेपाल प्रहरीले भने पुष्टि गर्न इन्कार गरेको छ । प्रहरीले उनको खोजी भइरहेको र हालसम्म पक्राउ नपरेको जनाएको हो । प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईं पक्राउ नपरेको जनाएको हो ।

नेपाल प्रहरीको खोजी सुचीमा रहेको उल्लेख गर्दै नेपाल प्रहरीले हालसम्म पक्राउ नपरेकाले भ्रामक सूचना प्रकासन प्रशारण नगरिदिन अपिल गरेको छ ।

दुर्गा प्रसाईं पक्राउ भन्ने समााचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण नभएको जनाउँदै प्रवक्ता आचार्यले प्रसाईं पक्राउ परेको पुष्टि नगरेका हुन् ।