६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस

तु खबर संवाददाता
२०८२ बैशाख १,सोमबार ०८:२२

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गर्दै वरिष्ठ नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठक अनुसार यो निर्णय गरिएको हो । प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची सार्वजनिक भएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको अध्यक्षतामा बसेको बढुवा समितिले सुची सार्वजनिक गरेको हो ।