तु खबर डटकमको प्रथम वार्षिक उत्सव (भिडियो)

हेटौँडा, ९ फागुन । स्टेट भिजन प्रालिद्वारा संचालित तु खबर डटकमले फागुन ८ गते प्रथम वार्षिक उत्सव मनाएको थियो । जसमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल विशिष्ट अतिथि र संसदीय दलका मूख्य प्रतिपक्षी दलका नेता एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा जागरण तु खबर पत्रकारिता पुरस्कारद्वारा अग्रज पत्रकार स्वागत नेपाल र समकालिन पत्रकार शिव चौँलागाईलाई सम्मान समेत गरिएको थियो । हेरौँ पुरा भिडियो–