मुख्यमन्त्री डोरमणि पौडेलसहित ३ मन्त्रीहरु धादिङमा

मकवानपुर, ११ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको मन्त्री टोली धादिङमा पुगेका छन् ।
मुख्यमन्त्री पौडेलसहित स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार धादिङमा पुगेका हुन् । उनीहअरुलाई धादिङ जिल्ला समन्वय समितिले स्वागत गरेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्रीलगायत मन्त्रीहरुलाई स्वागत
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई शुक्रबार धादिङ जिल्ला समन्वय समितिद्वारा स्वागत गर्दै । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस