हट गायिका रिहानाको पावर : एक भनाईले ८३ अर्ब चैट

तु खबर संवाददाता
२०७४ चैत्र ५,सोमबार १२:१६

एजेन्सी, ५ चैत । चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो ।

स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो । सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए । लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।

जसमा उनले लेखेकी छिन्, ‘स्न्यापच्याट, तिमी मेरो सबैभन्दा प्रिय एप होइनौँ । तर, यो गडबडी केको लागि । म यसलाई अज्ञानता भन्न चाहन्छु तर तिमी यति सारो मुर्ख पनि छैनौँ । तिमीहरु घरेलु हिंसाका पीडितहरुलाई गिज्याउने र मजाक बनाउने विज्ञापनमा पैसा खर्च गर्दैछौ । लाज शरम छैन ।’

यता, स्न्यापच्याटले पनि उक्त विज्ञापन गलत भएको बताउँदै उक्त विज्ञापन कसरी आयो भन्ने विषयमा अनुसन्धान शुरु गरिसकेको बताएको छ । यसअघि काइली जेनरले पनि स्न्यापच्याटको नयाँ डिजाइनको आलोचना गर्दा कम्पनीको शेयर ६ प्रतिशतले खस्केको थियो जसका कारण कम्पनीलाई १.३ अर्ब डलर घाटा लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*