एक लाखको अवैध सामान बरामद

तु खबर संवाददाता
२०७४ चैत्र ५,सोमबार १४:४९
Pic : Dainik Nepal

झापा, ५ चैत । झापा जिल्लाको मेची नगरपालिका ६ बाट चैत्र ४ गते एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

अवैध रुपले भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको फुड सप्लिमेन्त तथा विभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीलाई देखेपछि उक्त सामान ल्याउने व्यक्तिहरु सामान छाडी भागेका थिए ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*