मकवानपुरगढीमा १० जनालाई ३ दिने टपरी बनाउने तालिम

तु खबर संवाददाता
२०७५ बैशाख ५,बुधबार १८:४८
तस्बिर–News Of Nepal

मकवानपुर, ५ बैशाख । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बुधबारबाट ३ दिने टपरी बनाउने तालिम सुरु भएको छ । महिला तथा बालबालिका कार्यालय गढी गाउँपालिकाको आयोजनामा गढी–५ स्थित तिलगंगा बहुउद्देश्यिय सहकारी संस्थामा तालिम सुरु भएको हो ।

तालिममा तिलगंगा सहकारीका १० जना सेयर सदस्यहरुको सहभागिता छ । सहकारीकी अध्यक्ष कुलकुमारी छत्कुलीको अध्यक्षतामा शुरु भएको तालिमको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले उद्घाटन गरेका थिए । उद्घाटनमा ५ नम्बर वडाका वडा अध्यक्ष जित बहादुर घिमिरेका साथै अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तालिममा प्रशिक्षक भिमा पौडेलले सहजीकरण गरिरहेकी छिन् । तालिमपश्चात एक दिनमा ४ हजारसम्म दुना, टपरी बनाउन सकिने प्रशिक्षक पौडेलले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*