एकै दिनमा गोरु सहितको ७ वटा ट्रक हेटौँडाबाट नियन्त्रण

तु खबर संवाददाता
२०७५ जेष्ठ २,बुधबार १८:१०

हेटौँडा, २ जेठ । मकवानपुरको हेटौँडाबाट बुधबार बिहान ७ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा चितवनतर्फबाट पुर्व झापातर्फ जान लागेका ७ वटा ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ना. ६ ख. ९७४४, ना ६ ख ९७४५, ना ३ ख ७३९, ना ६ ख ५४९, ना ६ ख २३७१, ना ६ ख १६५३ तथा ना ६ ख ३८२६ नम्बरको ट्रकमा १७४ वटा गोरु फेला परेको र उक्त ट्रकमा गोरुहरु निकासी पैठारीको लागी चाहिने कागजात नभएको हुँदा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गोरुसतिको ट्रकलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*