उपभोक्ताको हितमा कानून बनाउन मुख्यमन्त्री पौडेललाई दवाब
हेटौँडा, ९ जेठ । खाद्यान्न तथा विभिन्न उपभोग्य वस्तुहरुमा उपभोक्ताहरु ठगिँदै गएको अवस्थामा उपभोक्ताको हितमा कानुन बनाउनुपर्ने भन्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई दवाब स्वरुप ध्यानाकर्षणपत्र बुझाइएको छ । उपभोक्ता हित अधिकार मञ्च मकवानपुरले मुख्यमन्त्री पौडेललाई बुधबार ध्यानाकर्षण पत्र बुझाइएको हो ।
मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडासहितको टोलीले प्रदेश सरकारको निर्माणाधीन प्रादेशिक कानूनमा उपभोक्ताको हित सुरक्षित गर्न ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा विद्यमान कानूनले प्रत्याभुत गरेको र उपभोक्ताका लागि संविधानमै सुरक्षित रहेको धारा ४४ र ५१ को (घ) को अक्षरश पालना हुने गरी कानून् निर्माण गर्नसमेत ध्यानाकर्षण गराईएको छ ।
मञ्चले बुझाएको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले प्रादेशिक सरकारले बनाउदै गरेको कानुनका लागि सो पत्रले उपभोक्ताको हितमा आफूहरुलाई कानुन बनाउन अझ सहज हुने विश्वास व्यक्त समेत व्यक्त गरेका छन् । मञ्चका केन्द्रीय सहसचिव अजय अधिकारी, जिल्ला सचिव मदन रिमाल, सहसचिव तुलसी रिजाल, सदस्य जुना मल्ल सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।