काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख
काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्र मा समाचार छापिएको छ ।
कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको बताएको समाचार छ ।
कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ ।