यस्तो बन्यो गिरिजा अधिकारीको ‘ए सरकार’ को पोष्टर, भिमफेदी गाईजले भिडियो सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०७५ श्रावण २५,शुक्रबार १८:४४

हेटौँडा, २५ साउन । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को पोष्टर रिलिज गरिएको छ । उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको गीतको म्यूजिक भिडियोको पोष्टर शुक्रबार सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियोको पोष्टरलाई चर्चित पत्रकार तथा गीतका रचनाकार गिरिजा अधिकारीले फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । अधिकारीको शब्द रहेको गीतहरु अघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी सानीले, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।

केही दिनमा नै भिडियो रिलिजको तयारी रहेको गीतमा पुष्पन प्रधानको आवाज रहेको छ । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका छन् । रिकेश गुरुङ ‘कि’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।
निर्मल लामा (बिजी) को निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् ।
गिरिजा अधिकारीको कम्मर मर्काई (मेरी सानीले) गीत हेर्नुहोस्–

गिरिजा अधिकारीको धरोधर्म गीत हेर्नुहोस्–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*