हेटौँडामा ११ वर्षदेखि कोरियन भाषा प्रशिक्षण गराईरहेका डंगोल आफ्नो अनुभव यसरी सुनाउँछन्
जी.न्यौपाने
मकवानपुर ३० साउन । कोरीया यूवा पुस्ताको लागि सहज गन्तव्य भएको कारणले अधिकाँश युवा पुस्ता कोरीया जान आकर्षीत भएको देखिन्छ । अरु केहि नजानेपनि भाषा सिकेरै भएपनि कोरीया जाउँ भन्ने यूवाहरु पनि थुप्रै छन् । नेपाली वातावरणमा काम पाउने, पारिश्रमिक पनि राम्रै हुने भएकोले कोरीयामा राम्रो रोजगारीको अवसर भएको र सुरक्षाको हिसावले पनि कोरीया अन्य राष्ट्र भन्दा राम्रो रहेको जानकारहरु बताउँछन् ।
यसै सन्दर्भमा रिलायबल ल्याङग्वेज सेन्टरका संचालक किसोर डंगोलसंग तु खबरले गरेको कुराकानीको संपादीत अंश
रिलायबल ल्याङग्वेस सेन्टर कहिलेबाट संचालन गर्नुभयो ?
– अध्यापन गराईएको त ११ बर्ष भयो तर मैंले आफैंले कोरीयन भाषा सिकाउने ईन्स्टीच्यूट भनेर हेटौंडामा पहिलो पटक सुरु गरेको हँु । २०६८ साल देखिनै भाषा ईन्स्टीच्यूट भनेर सुरु गरेको हो । यसको दर्ताको प्रक्रिया थाहा थिएन । पछि दर्ता पनि गर्न सकिन्छ भन्ने थाहापाएपछि २०७० सालमा नेपाल सरकारको सम्बन्धीत निकायमा दर्ता गरेरनै ल्याङग्वेज ईन्स्टीच्यूट विधिवत रुपमा संचालन गरेको हुँ ।
अहिलेसम्म यहाँ पढेका विद्यार्थीहरु कोरीया गएका छन् त ?
– करिब ५ सयको हाराहारीमा कोरीय गइैसकेका छन् । जो अहिले रोजगारको सिलसिलामा कोरीयामा छन् । जसमा करिब ५० जनाको हाराहारीमा महिलाहरु पनि कोरीया गएका छन् । हामीसंगै पढेका विद्यार्थीहरुले हाल हेटौंडामा भाषा प्रशिक्षण केन्द्र समेत संचालन गरिसकेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेर उनीहरुले पनि राम्रै गरिरहेका छन् । मेरै विद्यार्थीले बर्दिबासमा समेत भाषा प्रशिक्षण केन्द्र संचालन गरेर बसेका छन् । यस अर्थमा खुसी लाग्छ ।
युवा पुस्ताको आकर्षणको थलो कोरीया बन्नुको कारण के जस्तो लाग्छ ?
– थोरै लगानी गरेर धेरै मुनाफा कमाउँन सकिने स्थान हो कारीया । त्यहाँ काम गर्न सहज र सुरक्षाको हिसाबले पनि अरु ठाँउ भन्दा राम्रो मानिन्छ । नेपाली परिवेशमै काम गर्न सकिने थलो पनि भएकोले कोरीया आकर्षणको केन्द्र बनेको हो ।
तपाई आफैंं पनि कोरीयामा लामो समय विताएर आउनुभएको हो, कत्तिको सहज छ त नेपाली कामदारलाई त्यहाँ काम गर्न ?
– काम गर्न कुनैपनि स्थानमा सोचेजस्तो सजिलो त हुंदैन । तर गर्नै नसकिने काम पनि छैन कोरीयामा । सबै मान्छेलेनै गर्ने काम हो । अलिकति मिहेनत गर्यो भने काम पनि सहजै छ । अनि पैशा पनि राम्रै कमाई हुन्छ । पैशाकै लागि मात्र पनि कोरीया जाने होईन, शिक्षाको लागि पनि कोरीया उपयुक्त स्थान जस्तो लाग्छ मलाई । म ३ बर्ष कोरीयामा काम गरेर फर्केको व्यक्ती हुँ । कोरीयनहरुले समयलाई बुझेका छन् । मिहेनत गरेर काम गर्छन् । काम प्रति उनीहरुको लगाब धेरै छ । त्यसैले कोरीयामा विकास भएको हो । नेपालीमा निरन्तर काम गर्ने बाँनी नभएकोले केहि समय चाँहि अलि गाह्र्रो पर्छ । तर समय परिस्तिथिलाई बुझेर काम गर्न सके मिहेनतको फल मिठै हुन्छ भनेझैं कोरीयामा काम गर्दा सबै पक्षबाट राम्रै सर्पोट हुन्छ ।
तपाई संगीत फिल्डको मान्छे ,रेडीयो नेपालमा पनि तपाईको नाम निस्किसकेको थियो अनि चित्रकलामा पनि तपाईको राम्रै दक्खल छ । कोरीयन भाषा सिकाई रहँदा तपाईको पेशा परिवर्तन भएको महशुस हुदैन ?
– म संगीत क्षेत्रमा लागेको र चित्रकलामा पनि निकै वर्ष समय व्यतित गरेको मान्छे हुँ । हामीले मनकामना म्यूजिक ईन्स्टीच्यूट पनि खोल्यौं । र आर्ट पनि त्यहिँ नै गथ्र्यौं । संगीत र चित्रकलाले पेट पाल्न नसकिलाकी भन्नेजस्तो मलाई लागेपछि रोजगारीको लागि म कोरीया गए । ३ बर्ष बसेर आईसकेपछि कोरीयन भाषा सिकाउँदा खेरी सामान्य भन्दा सामान्य घरका युवाहरुले पनि भाषा सिकेर कोरीया गएमा राम्रै अवसर मिल्ने सोच मलाई पलायो । र मैँले यसक्षेत्रलाई अँगाले । र मेरो परिवार पनि राम्रै चलिरहेको छ । धेरै युवाहरु कोरीया गएर स्वरोजगार पनि भएका छन् ।
पुरुषको तुलनामा महिलाहरु कमै जान्छन् नि कोरीया किन हो ?
– कोरीयनहरुले महिलालाई त्यति बोलाउँदैनन् । त्यसो भन्दैमा नेपालबाट महिला कामदार गएकै छैनन् भन्ने चैँ होईन । कोरीया जाने कामदारमा १० प्रतिशतको हाराहारीमा महिलाहरु कोरीया जाने गरेका छन् ।
अन्तमा केहि भन्न चाहानुहुन्छ कि कोरीया जान चाहानेहरुका लागि
– मिहेनत गरेर काम गर्ने ठाउँ हो कोरीया । हचुवाको भरमा यसै कोरीया जाउँ पैशा कमाएर ल्याँउ भनेर जानु हुँदैन । त्यहाको भाषा सिक्नु पहिलो प्राथमिकता हो । त्यहाको वातावरण, रहनसहन, भाषा, धर्म संस्कृती , भुगोल सबैकुरा बुझेर जानेलाई काम गर्न धेरै सहज हुने गरेको छ । त्यसकारण बैदेशिक रोजगारीका लागि जाने युवाहरुले पहिलो प्राथमिकता कोरीया राख्दा हुन्छ तर मिहेनत र लगनशिल भएर लाग्नु भने पर्दछ ।