हेटौंडामा रेडियो बुलेटिन संचालनमा आयो

तु खबर संवाददाता
२०७५ भाद्र १०,आईतवार १३:५४

हेटौँडा १० भदौ । मकवानपुरमा जिल्लामा सञ्चार क्षेत्रमा नयाँ आयम थप्ने उदेश्यले हेटौँडाबाट नयाँ रेडियोको रुपमा “रेडियो बुलेटिन ८९. ७ मेगाहर्ज”ले सञ्चालन प्रारम्भ गरेको छ ।

रेडियो बुलेटिनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १३ गतेबाट समाचार सहितका कार्यक्रमहरु शुभारम्भ हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेडियो बुलेटिनका प्रवन्ध निर्देशक अनिलकुमार खातीले सञ्चारको क्षेत्रमा मकवानपुरमा नयाँ आयम थप्ने उदेश्यले सेवा प्रारम्भ गरेको जानकारी दिए ।

मकवानपुरको हेटौँडा वडा नंबर ५ सानोपोखरमा रहेको रेडियोले सूचना, संगित, मनोरञ्जनलाई प्राथमिकतामा राखेको रेडियोका स्टेसन म्यानेजर सुदिप विकले बताए ।

रेडियोको विषयमा जानकारी दिँदै रेडियोका समाचार प्रमुख धर्मेन्द्र दाहालले रेडियोले नाम अनुसारको काम गर्ने बताए । समाचारको क्षेत्रलाई महत्व दिएर काम गर्ने लक्ष्य राखिएको रेडियोले समाचारको क्षेत्रमा केहि नयाँ कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्ने समेत उनको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाई, तीन नंबर प्रदेश पत्रकार महासंघका सल्लाहकार गिरिजा अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*