पाकिस्तानमा बम बिस्फोट हुँदा १६ को मृत्यु

तु खबर संवाददाता
२०७५ चैत्र २९,शुक्रबार ११:४६
file photo

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोट भएको छ । उक्त बिस्फोटमा परी १६ जनाले ज्यान गुमाएका छन् ।

स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।

समाचार एजेन्सी एपीपीका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।