विकासका लागि दलीय रूपमा विभाजित हुन नहुने : प्रचण्ड
नुवाकोट ५ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष भनेर दलहरू विभाजित हुन नहुने बताएका छन् ।
शनिबार ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकासका लागि दलीय रूपमा विभाजित हुन नहुने बताएका हुन् ।
उनले जनताको समृद्धिका लागि तीन तहका सरकारले काम गरिरहेको र देशलाई विकास गर्न नयाँ गतिको साथमा अघि बढाउन दृढ रहेको पनि बताए ।