मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल

तु खबर संवाददाता
२०७६ भाद्र २३,सोमबार १४:४९

मकवानपुर २३ भदौ । मकवानपुर बहुमुखी क्याम्पसको १४ औँ क्याम्पससभाले क्याम्पस संचालक समितिको अध्यक्षमा अनन्त पौडेललाई चयन गरेको छ ।
पौडेलको विषयमा सहमति जुटेपछि अध्यक्षमा उनी चयन भएका हुन् । यसअघि पनि क्याम्पसको कार्यबाहक अध्यक्षको रुपमा उनलै जिम्मेवारी सम्हालेका थिए ।

अर्का चर्चामा रहेका प्रल्हाद लामिछानेको विषयमा सहमति नजुटेकोले पौडेललाई अध्यक्ष पदको जिम्मेवारी दिइएको जनाइएको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा हरी हुमागाई चयन भएका छन् ।

अन्य पदहरुमा भने २८ गते निर्वाचन हुने जनाईएको छ ।

क्याम्पस प्रमुख को हुने भन्ने विषय भने भदौ २५ भित्रनै टुंगो लाग्ने क्याम्पस स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*