मकवानपुर प्रहरीले ३ सय ९२ किलो गाजाँ जलायो
![](https://www.tukhabar.com/wp-content/uploads/2019/09/gaja.jpg)
मकवानपुर, २५ भदौ । मकवानपुर प्रहरीले विभिन्न समयमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ३ सय ९२ कलो ८ सय ५५ ग्राम लागूऔषध गाँजा जलाएर नष्ट गरिएका् छ ।
मकवानपुर प्रहरीले बुधबार भीमफेदी गाउँपालिका वडा नम्बर १ को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदहस्थित केशडी खोलामा उक्त लागूऔषध गाँजा जलाएर नष्ट गरिएको हो ।
प्रहरीले उक्त लागूऔषध गाँजासहित नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल पनि जलाएर नष्ट गरेको हो ।
मकवानपुर प्रहरी प्रमुख मुकश कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवन कुमार झा, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।