काँग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव छ : नेता बानियाँ
मकवानपुर, ३१ भदौ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले काँग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बानियाँले सो कुरा बताएका हुन् ।
उनले बर्तमान व्यवस्था टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने बर्तमान दुईतिहाईको कम्युनिष्ट सरकारको दम्भ र यसका आसेपासे तथा केही उद्दण्ड समूहका कारण लोकतन्त्रनै धरापमा पर्ने दाबी गरे ।
नेता बानियाँले दोश्रो चरणको जागरण अभियानमार्फत बर्तमान सरकारको निर्वाचनका बेलाका प्रतिबद्धता र हाल गरिरहेको कामको बास्तविकताका बारेमा जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेको महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर सुशुचित गराउँन अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।