धार्मिम व्यक्तित्वको रुपमा परिचित हेटौँडाका आत्रेयको निधन
मकवानपुर, १७ कात्तिक । धार्मिम व्यक्तित्वको रुपमा परिचित बासुदेब आत्रेयको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगले पीडित आत्रेयको ६५ वर्ष उमेरमा आज बिहान निधन भएको हो ।
हेटौँडा–२ हरिकुञ्ज रोडस्थित बस्ने आत्रेय विश्व हिन्दु महासंघ, श्री वैष्णव परिषर नेपाल, सनातन धर्मसेवा समिति, अखण्ड हरिकृतन मन्दिर लगायत थुप्रै संस्थाहरुमा आवद्ध रहेका थिए । उनले थुप्रै धार्मिक लेख, कविता तथा भजनहरु लेखेका छन् ।