हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा

तु खबर संवाददाता
२०७६ पुष १४,सोमबार १३:३६
file-photo

हेटौंडा, १४ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयको पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती राख्ने निर्णय गर्दै राजधानी हेटौंडा नै कायम गर्ने सहमती भएको थियो ।

बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

थापाले व्यापारिक केन्द्र, संरचनालगायतका सबै दृष्टिकोणले हेटौंडा प्रदेशको राजधानी बनाउन उपयुक्त भएको बताए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश राजधानी टुंग्याउने क्रममा प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो ।

सोही मन्त्रीमण्डलमा सरकारको उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा थिए । उनै थापाले मन्त्रीपरिषद्मा प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा बनाउने प्रस्ताव लगेका थिए । उनको प्रस्तावमा हेटौंडालाई अस्थायी मुकाम घोषणा गरिएको थियो ।

यो पनि पढ्नुहोस्

हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ

नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती

‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’

‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*