प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने

तु खबर संवाददाता
२०७६ पुष १४,सोमबार १७:२६

हेटौंडा, पुस १४ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पुसभित्रै प्रदेशको राजधानी र नाम संसदबाट टुंगिने बताएका छन् ।

पुसको अन्तिमसम्म प्रदेशसभाको बैठकले राजधानी र नामको टुङ्गो लगाउने उनले बताए । ‘पुसभित्रै प्रदेशसभा बैठकले छलफल र मतदानको प्रक्रिया सकेर राजधानी र नाम टुंगो लगाउला ।–’ तु खबरसँग कुरा गर्दै सभामुख श्रेष्ठले भने ।

नेकपा सचिवालय बैठकले हिजो आइतबार प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेसँगै एकाएक प्रदेशसभा बैठक बस्ने तयारी थालिएको हो ।

प्रदेश सभामा नेकपाको स्पष्ट दुई तिहाई भएकोले प्रदेशको संसदीय दललाई आउने निर्देशन अनुसार राजधानी र नामाकरणको विषय लगभग टुंगिएको हो ।

यसैसन्दर्भमा तु खबरसँग प्रतिक्रिया दिँदै सभामुख श्रेष्ठले पुसको तेस्रो साताभित्र संसदीय प्रक्रियाबाट राजधानी र नामाकरण टुंगो लाग्ने संकेत दिएका छन् ।

नेकपा प्रदेश सभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*